डिसेम्बर फल्सको छायाङ्कन नसकिँदै अभिनेत्री उपासना सिंह ठकुरी र आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् l "मिरर" मा अनुबन्धित भएका आर्यन र उपासनाको चलचित्रलाई कोरियोग्राफ कविराज गहतराजले निर्देशन गर्दै छन् l यसै चलचित्रबाट गहतराजले डेब्यु निर्देशनमा हात हाल्न लागेका हुन् l चैत्र बाट छायाङ्कनमा जाने चलचित्रमा सुदिप बरालको लगानी रहने छ l निर्माता सुदिप बरालले ‘गोर्खा वारियार २’ र आर्यन र उपासनाले ‘डिसेम्बर फल्स’को छायांकन सकेपछि मिररको छायांकन सुरु गर्नेछन् । आर्यन र उपासनाको अलावा मिरर प्रशान्त ताम्राकार पनि अनुबन्धित भइसकेका छन् l