चैत्र छ गते बाट ‘द भ्वाइस अफ नेपाल’ को तेश्रो संस्करण प्रसारण हुने भएको छ l हिमालयन टेलिभिजन हरेक शुक्रवार र शनिवार राति ८ बजेबाट प्रसारण हुने भएको हो l यस पटकको सिजनमा एक जना कोच परिवर्तन भएका छन् । आस्था राउतको ठाउँमा दर्शकले यो पटक तृष्णा गुरुङलाई कोचको रूपमा देख्न सकिने छ l अन्य तीन कोच दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत् रहने छन् ।सो लाई निर्देशक लक्ष्मण पौडेलले निर्देशन गर्दै छन् l यस पटकको सिजनमा नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी भएका छन् l