नायक तथा मोडल दिक्पाल कार्कीले चलचित्र "पोइ पर्‍यो काले" मा आफू अनुबन्धित भएको केही दीन अघि मात्रै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए l शिशिरसँग चलचित्र ‘पोई पर्‍यो काले’को सिक्वेलमा काम गर्न लागेको पनि उल्लेख गरेका छन् । दिक्पालले उक्त कुरा सामाजिक सञ्जालमा उल्लेख गरेको केही दीन नबित्दै चलचित्रको सिक्वेलमा विवाद उत्पन्न भएको छ l ‘पोई पर्‍यो काले’का निर्माता किरण नेपालीका कारण चलचित्र विवादमा आएको हो l आफूसँग अनुमति नै नलिई चलचित्रको सिक्वेल बनाउन लागिएको भन्दै नेपालीले आपत्ति जनाएका छन्  ।  चलचित्रको सिक्वेल त बन्ने तर डेढ दुई वर्ष पछि मात्र बन्ने निर्माता किरणले जानकारी गरेका छन् l  सोही चलचित्रको सिक्वेलमा  ‘पोई पर्‍यो बुढो’  निर्माण हुने छ भने चलचित्र आधिकारिक रूपमा दर्ता पनि भइसकेको छ l  उक्त चलचित्रको  सिक्वेल बनाउने अनुमति शिशिर राणासँग नभएको किरणले  बताए l गतबर्ष रिलिज भएको चलचित्र ‘पोई पर्‍यो काले’मा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।