कोरोना महामारीको कारण करिब १० महिना ठप्प रहेको चलचित्र क्षेत्रमा पछिल्लो समय चहलपहल सुरु भएको छ । बिचमै रोकिएको केही चलचित्रले आफ्नो सुटिङ सुरु गरिसकेका छन् भने केहीले सकाइसकेका छन् । त्यस्तै पछिल्लो समय धमाधम नयाँ चलचित्र निर्माण घोषणा हुन पनि थालेको छ । केही असमय अघि घोषणा गरिएको चलचित्र ‘प्रेम गन्ज’ को लागी कलाकार खोजी कार्य सुरु भएको छ । मुख्य कलाकारको लागी टिमले ‘कास्टिङ कल’गरेको हो l परिच्छेद सेनको निर्देशन रहने चलचित्रको लागी १४ देखि २० वर्षसम्मका १ जना पुरुष र ३ जना महिला कलाकार १४ देखी २० वर्षका २ जना र १ जना २५ देखी ३० वर्षको महिला कलाकारको आवश्यकता रहेको बताइएको छ । अडिसन नयाँ तथा अनुभवी कलाकारले दिन पाउने छन् । निर्माण पक्षले अडिसनबाट नै चलचित्रका सबै कलाकार चयन गर्ने बताएको छ । यस चलचित्रको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा फागुन २७ गते बिहीबार हुने निर्माण टिमले जनाएको छ ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल निर्माताको रूपमा यस चलचित्र बाट देखा पर्दैछन l