गायक प्रताप दास र बेनिशा पौडेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l  गीतको बोल् रहेको छ 'यस्तो माया ' l निशा शर्मा अर्यालको शब्द रचना रहेको गीतको लय सिर्जना दीपक शर्माको रहेको छ l रिदम कँडेलको संगीत संयोजन किशोर थापाको मिक्सिङ मास्टरिङ गीतमा समावेश गरिएको छ l

विधान कार्कीको निर्देशनमा  पल शाह र उषा उप्रेतीलाई भिडियोमा फिचर्ड गरिएको छ l साथै बाल कलाकारमा जुनु कार्की र मुनु कार्कीलाई पनि भिडियोमा देख्न सकिने छ l भिडियोको सम्पादन विकास दाहालको रहेको छ l उत्सव दाहालले भिडियो छायाङ्कन गरेका छन्