गायक अजर जन्गमको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l  गीतको बोल् रहेको छ 'तिरिमिरी ' l सुरच प्रसाईँको शब्द रचना र लय सिर्जना रहेको गीतको संगीत संयोजन उदय राज पौडेलको रहेको छ l  अशोक महर्जनको मिक्सिङ मास्टरिङ गीतमा समावेश गरिएको छ l

मिमोह के श्रेष्ठको निर्देशनमा श्रया कार्की ,दर्शन काजी र अजय श्री मगरलाई भिडियोमा फिचर्ड गरिएको छ l भिडियोको सम्पादन विकास धमलाको रहेको छ l विवेक खड्काले भिडियो छायाङ्कन गरेका छन् l