चलचित्र ‘आँधी तुफान २’को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको हो । मदन घिमिरेको निर्देशन रहने चलचित्र बाट तीन नयाँ अभिनेत्रीले डेब्यु गर्दै छन् l आरती आचार्य, पुनम गौतम र याङ्शु श्रेष्ठले डेब्यु यस चलचित्र मार्फत नेपाली सिने नगरमा प्रवेश गर्न लागेका हुन् l चलचित्र चैत्र बाट फ्लोरमा जाने बताइएको छ l मौनता श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा पनि श्रेष्ठले लेखेका हुन् l नारी प्रधान सस्पेन्स थ्रिलर कथामा निर्माण हुने सिनेमामा नयाँ तथा पुराना कलाकारको समिश्रण रहेको छ । नयाँ तीन अभिनेत्रीको अलावा चलचित्रमा मुकुन्द थापा, धुव्र कोइराला, कनिज कोइराला, सञ्जय खतिवडा, पुष्कर रावत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी लगायत कलाकारको अभिनय रहने छ l चलचित्रलाई रामशरण उप्रतीले छायांकन गर्नेछन् ।