नेपाल आइडलको मञ्चबाट प्रमिला राई बाहिरिएकी छिन् । पाँचथर घर भइ हाल काठमाडौँमा बसोबास गर्दै आएकी प्रमिला नेपाल आइडलको टप ७ बाट बाहिरिएकी हुन् । सबै भन्दा कम भोट प्रमिलाले ल्याएकी थिइन् । उनी सँगै बटम तिनमा सुजता पाण्डे र प्रताप दास परेका थिए । यस अघि पनि तिनै जना बटम तिनमा परेका थिए । तर यसपटक तिन जना मध्य सबै भन्दा थोरै भोट प्रमिलाकाे रहेको थियो । प्राय पप गीत  गाउने प्रमिलाले नेपाल अाइडलकाे मञ्चमा  अन्तिम गीत प्रताप दास र सागर अाले सँग गाएकी  थिइन् । अाइडलबाट बाहिरिएकी प्रमिलाले अाेपाेबाट फाेन उपाहार पाएकी  थिइन् ।