आज बाट देशभर सिनेमा हलमा चलचित्र "गोर्खे" प्रदर्शनमा आएको छ l एउटा यस्तो प्रेम कहानी चलेको डेढ महिना पछि सिनेमा हलमा गोर्खे प्रदर्शनमा आएको हो l नयाँ फिल्म नहुँदा हल सञ्चालकहरू पुराना चलचित्र चलाउन बाध्य भएका थिए । जसले गर्दा हलमा दर्शकको उपस्थिति पनि उत्साहजनक छैन । तीन वर्ष अगाडि नै निर्माण भएको फिल्म ‘गोर्खे’ शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिएको हो ।किम्मत गौतमको निर्देशन रहेको चलचित्रलाई कोजु इन्टरटेन्टमेनको ब्यानरमा निर्माण गरिएको हो l हरि लामाको प्रस्तुति साथै तीर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्रले ५ युवा र उनीहरुले देखेको सपनालाई प्रस्तुत गर्ने छ l सौरभ लामा र नीरज कँडेलको संयुक्तमा चलचित्रको छायांँकन गरिएको छ lपाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौँ लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रमा रवीन्द्र प्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी लगायतको अभिनय रहेको छ l चलचित्रको कथा काजी लिम्बुले लेखेका हुन् l मित्र डी गुरुङको सम्पादन,हिमाल केसीको द्वन्द्व,छिन्दु पाख्रिन र हरि लम्सालको संगीत चलचित्रमा समावेश छ l