चलचित्र "कृष्ण लीला" को ‘डियर बन्न मन छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर समावेश गरिएको छ l नारायण प्रसाद बास्कोटाले गीतको शब्द रचेका हुन l अर्जुन पोखरेलको लय सिर्जना रहेको गीतको भिडियोमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, भावना गुरुङ र रवीन्द्र झा फिचर्ड छन् ।
कोरियोग्राफी रामजी लामिछानेको रहेको छ । चैत्र २७ गतेबाट प्रदर्शन हुने चलचित्र लाई दीपक वलीले निर्देशन गरेका हुन् l आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् । शिव ढकाल र बाबु श्रेष्ठले संयुक्तमा छायाङ्कन रहेको "कृष्ण लीला" मा पुष्प, श्रद्धा, बुद्धि र रविन्द्रसँगै नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ लगायतका कलाकारहरूको पनि अभिनय छ ।