रङ्गकर्मी सुरज तमुको निर्देशनमा म्युजिक भिडियो सानी भनेर सार्वजनिक भएको छ l विश्व नेपाली र गुन्जन उपाध्यको आवाज रहेको गीतलाई नेप सिस्टर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l टुङगा नेपालको शब्द र लय सिर्जना रहेको गीतको एरेन्ज देवेन्द्र नेवाको रहेको छ l  प्रयास बान्तवा राई र लोशिना लामिछाने  फिचर्ड गरिएको भिडियोलाई भूपेन्द्र तुम्बाइफेले खिचेका हुन् l अनिल राणाको सम्पादन भिडियोमा समावेश छ l