दुर्गेश थापा र योगेश काजीको आवाजमा गीत "सलाई छ सलाई" सार्वजनिक भएको छ l दुर्गेश र योगेशले संयुक्तमा गीतको शब्द कोरेका हुन् l संगीत दुर्गेशको रहेको छ भने गीतको एरेन्ज योगेशले गरेका छन् l मिक्सिङ मास्टरिङ् चन्द्र चौधरीले गरेका छन् l
शिव बिकको निर्देशन र कोरीयोग्राफी रहेको गीतको भिडियोमा आर्यन सिग्देल , दुर्गेश थापा , योगेश काजी, शिव बिक ,महादेव त्रिपाठी र बिशो केसी फिचर्ड छन्l अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई मिलन बिशोकर्माले सम्पादन गरेका हुन् l भिडियोलाई डी-सिरिजको आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l