चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ले रिलिज मिति घोषणा गर्दै चलचित्रको केही झलक सार्वजनिक गरेको छ l चलचित्रले ३ वटै सिक्वेल केही क्लिप्स सार्वजनिक गर्दै चलचित्रलाई असोज १५ मा रिलिज गर्ने घोषणा गरेको हो l बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार गरेका हुन् l ‘कबड्डी ४’ मा पहिलो सिरिज देखि तेस्रो सिरिजसम्मका मुख्य कलाकारहरू दोहोरिने छन् । भने यो नै चलचित्रको अन्तिम सिक्वेल रहने छ l चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहेको छ ।