"फुल्बुट्टे सारी" र "टाढा भए पनि" ले करोडौँ भ्युजको आँकडा पार गरे पछि अभिनेत्री मलिका महत्तले आफ्नो पारिश्रमिक बढाएकी छिन् l चलचित्र बाट खासै सफलता नपाएपछि म्युजिक भिडियो तिर होमिएकी महत्तलाइ म्युजिक भिडियोले भने राम्रै स्थान दीरहेको छ l हालै मात्र उनले एक म्युजिक भिडियोको लागी १ लाख २० हजार पारिश्रमिक बुझेकी छिन् l ‘वर आउन माया’ बोलको म्युजिक भिडियोलाई उनले उक्त रकम लिएकी हुन् l म्युजिक भिडियोमा सर्वाधिक महँगो पारिश्रमिक लिने मोडलमा नायक पल शाह पर्छन् । मलिकाले पनि अब उनको हार हारीकै पारिश्रमिक बुझेकी छिन् । हाल मलिका अभिनीत चलचित्र ‘पानी फोटो’ पनि चलचित्र पोस्ट प्रोडक्शनमा छ ।