अभिनेत्री शिल्पा पोखरेलको डेब्यु भोजपुरी सिनेमा ‘जय शम्भु’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन र प्रेम कथाको मिश्रण रहेको ट्रेलरमा अभिनेत्री शिल्पाको भूमिकालाई सस्पेन्स राखिएको छ l रमेश बोगटीको कथा, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद रहेको चलचित्रमा शिल्पा र भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टु मुख्य भूमिकामा प्रस्तुत भएका छन् l

प्रदीप र शिल्पासँगै सोनु खत्री, देव सिंह, धुर्व कोइराला, अनुप अरोरा, अकंक्षा दुबे र कालु रानालगायतका कलाकारको अभिनय छ । ‘जय शम्भु’लाई सोनु खत्रीले निर्माण एवं निर्देशन गरेका हुन् ।