२१ गते बाट प्रसारण भएको "कमेडी च्यम्पिएन सिजन २" ले यती बेला युट्युबको पहिलो स्थान ओगटेको छ l फिजिकल अडिसनको दुई एपिसोड सार्वजनिक भएको कमेडी च्यम्पिएन सिजन २ को दुवै एपिसोड युट्युब ट्रेन्डिङमा छ l पहिलो एपिसोड १ मा छ भने दोश्रो एपिसोड ५ औ नम्बरमा छ l पहिलो सिजनको सफलता पश्चात् कमेडी च्याम्पियनको दोश्रो सिजन सुरु भएको हो ।
विशाल भण्डारीको निर्देशन रहेको शोमा निर्णायकको भूमिकामा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । केकी अधिकारी, रिमा विश्वकर्मा, राज घिमिरे र हिरन बस्नेत शो मा निर्माताको रूपमा छन् l