चलचित्र ‘ए मेरो हजुर ४’को रिलिज मिती तय गर्दै एक पोस्टर सार्वजनिक भएको छ l भाद्र १८ लाई रिलिज मिती तय गरीएको चलचित्रको  पोस्टरमा मुख्य कलाकार अनमोल र सुहानालाइ रोमान्टिक पोजमा देखाइएको छ l ‘ए मेरो हजुर ३’मा म्युजिक स्टारको रूपमा देखिएका नायक अनमोल केसी यो चलचित्रमा भने चकलेटी अवतारमा देखिएका छन् । चलचित्रलाई झरना थापाले निर्देशन गरेकी छिन् l चलचित्रले प्रेमकथालाई  उठान गरेको छ ।  ‘ए मेरो हजुर ३’मा रुचाइएका अनमोल र सुहाना चौथो सिरिजलाई लिएर दर्शक उत्साहित छन् । सुनिलकुमार थापाको लगानीमा बनिरहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन, सञ्जय लामाको छायांकन, वसन्त सापकोटाको संगीत छ ।