पल शाह र रियाशा दाहालको अभिनयमा म्युजिक भिडियो "फिक्का चिया" रिलिज भएको छ l गायक खेम सेन्चुरी र भूमिका गिरीको आवाजमा समावेश रहेको गीतको रचना राजन छेत्रीले गरेका हुन् l खेम पुनको लय सिर्जना रहेको गीतको संगीत संयोजन कृष्ण बिकको रहेको छ l

काजिश श्रेष्ठको कोरीयोग्राफी र निर्देशनमा गीतको भिडियो तयार पारिएको हो l मिलन बिशोकर्माको सम्पादन र अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोलाई गायिका भूमिका गिरीको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिने छ l