ठुलो पर्दामा जमेका जोडी आकाश श्रेष्ठ र पूजा शर्मा दुबई पुगेका छन् l आगामी चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायाङ्कनको लागी दुबई पुगेका यी जोडी सँगै चलचित्रका केही टिम पनि दुबई उडेका हुन् l २ वर्ष अगाडि देखी सुटिङ चली रहेको चलचित्रका केही अंशको भाग छायाङ्कनको क्रममा रहेको छ l चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरी रहेका छन् l चलचित्रको छायांकन लन्डनको साथमा नेपालको मुस्ताङ र काठमाण्डौमा पनि गरिएको छ l  एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको चलचित्रमा अमित बस्नेतको लगानी रहेको छ l  चलचित्रका कार्यकारी निर्माता अंकित गौतम र सनिष खकुरेल हुन् । चलचित्रमा परि राना र अजित कुमार थापाको सह–निर्माण छ । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र गत वर्ष नै रिलिज हुनुपर्ने हो । तर, कोरोनाका कारणले गर्दा चलचित्र रिलिज हुन सकेन ।