चलचित्र "तिमी सँग हुने मन छ" मा अभिनेताद्दय नाजिर हुसेन पनि जोडिएका छन् l निर्देशक दिवाकर भट्टराइको निर्देशन रहने चलचित्रमा केही दीन अघि मात्रै नाजिरलाइ निर्माणपक्षले अनुबन्धित गरेका हुन् l ओम नमः शिवाय प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रमा नेपाली कलाकार सँगै केही भारतीय कलाकार र प्रविधिकहरुले पनि काम गर्ने छन् l निर्देशक भट्टराइका अनुसार, चलचित्रको छायांकन चैत्रबाट सुरु हुँदै छ । ओम नमः शिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा मुम्बइका रोहित सुचान्ती र नायिका दीपिका प्रसाईँले काम गर्ने पक्का भैसकेको छ । पछिल्लो समय नेपाली चलचित्रमा भारतका निर्देशक, प्राविधिक र कलाकारले काम गर्ने क्रम बढेको छ । दिवाकरले मात्र होइन चलचित्र ‘डिसेम्बर फल्स’को निर्देशन र छायांकनका लागि निर्माताले भारतबाटै निर्देशक र छायांकार भित्राएका थिए । अहिले यो चलचित्रको छायांकन भने सकिसकेको छ l निर्देशक सुरेन्द्र पौडेलले नायिका तृप्ति नाडकरका छोरा धिरज टोटलानीलाई आफ्नो नयाँ चलचित्रमा नायक बनाउने तयारी गरेका छन् । यो चलचित्रमा नायिका अदिति बुढाथोकीको मुख्य भूमिका रहनेछ । नायक भुवन केसीले पनि लामो समयसम्म भारतीय प्राविधिक भित्राएर चलचित्र बनाउने प्रयास नगरेका होइनन् ।भारतका प्राविधिकहरू नेपाल भित्राउने क्रम बढेको छ । यो क्रम आगामी दिनमा अझै बढ्ने देखिएको छ ।