चलचित्र‘दि सेक्रेट्स अफ राधा’को   छायांकन सकिएको छ । यो चलचित्रको छायांकन २५ दिनमा सकिएको निर्माणपक्षले बताएका हुन्  । चलचित्रको छायांकन पालुङ र काठमाण्डौमा गरिएको छ । सुवर्ण थापाको  निर्देशनमा तयार भएको यो चलचित्रलाई सौगातको आदि योगी भिजन र सुवर्णको ब्यानरको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो । सुवर्ण र नायक सौगात मल्लको चलचित्रमा लगानी छ । हाल् पोष्ट प्रोडक्शनको काम सुरु भएको चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, सृष्टि श्रेष्ठ, मेनुका प्रधानको  मुख्य भूमिका रहेको छ l चलचित्रको रिलिज मिती भने तय गरीएको छैन l