चलचित्र "सानो संसारमा" स्क्रिन सेयर गरे पस्चात विनय श्रेष्ठ र नम्रता श्रेष्ठ ठुलो पर्दामा एक साथ नदेखिएको बर्शौ भइसक्यो l लामो समयको अन्तराल पछि अब यी जोडी एक साथ ठुलो पर्दामा देखिने भएका छन् l चलचित्रलाई राजीव गुरुङले निर्देशन गर्ने छन् l नम्रता र विनय एक साथ देखिने भनिएको उक्त चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन l चलचित्रको ५० प्रतिशत छायांकन सिक्किममा हुने छ l बुझिए अनुसार चलचित्रको छायांकनका लागि लोकेसन हेर्न विनय, राजीव र प्रोडक्शन डिजाइनर अरुण रेग्मी सिक्किम पनि पुगेका छन् । ‘जाइरा’पछि नायिका नम्रता श्रेष्ठले ‘प्रसाद २’मा काम गर्ने तयारी गरेकी छिन् । विनयले भने ‘रोमियो एन्ड मुना’पछि नयाँ चलचित्रमा काम गरेका छैनन् ।