कोरोना महामारीको कारण करिब १० महिना ठप्प रहेको चलचित्र क्षेत्रमा पछिल्लो समय चहलपहल सुरु भएको छ । बिचमै रोकिएको केही चलचित्रले आफ्नो सुटिङ सुरु गरिसकेका छन् भने केहीले सकाइसकेका छन् । त्यस्तै पछिल्लो समय धमाधम नयाँ चलचित्र निर्माण घोषणा हुन पनि थालेको छ । भने कति निर्माण घोषणा अगावै चलचित्रको कास्टिङ कल सुरु गरेका छन् l प्रसँग रहयो चलचित्र "सरी मम्" l सोमबार पोस्टर सार्वजनिक गर्दै चार जना मुख्य कलाकारको खोजी भइरहेको जानकारी दिएको हो ।  मुख्य कलाकारको लागी टिमले ‘कास्टिङ कल’गरेको हो l विनोद लामाको प्रस्तुतिमा निर्माण हुने चलचित्रको लागी  १७ देखि २० वर्षसम्मका १  जना पुरुष र ३ जना महिला कलाकारको आवश्यकता रहेको बताइएको छ । निर्माण पक्षले अडिसनबाट नै चलचित्रका सबै कलाकार चयन गर्ने बताएको छ । यस चलचित्रको अडिसन निर्माण टिमले चत्रै १ गते नेपाल फिल्म एकेडेमी महाराजगन्जमा गर्दैछ । कलाकार बन्न इच्छुकले निर्माण कम्पनीको इमेल nficreation.9@gmail.com मा विभिन्न एङ्गलमा खिचिएका ५ ओटा प्रोफाइल सहितका फोटो पठाउनु पर्ने छ l वैशाख बाट फ्लोरमा जाने चलचित्रलाई एनएफआई क्रियसनको ब्यानरमा निर्माण गर्न लागिएको हो l