गत माघ ८ गतेबाट सुरु भएको चलचित्र ‘गणपति’को छायांकन सकिएको निर्माणपक्षले बताएको छन् । यो चलचित्रलाई सविन अधिकारीले  निर्देशन गरेका हुन् । डेढ महिना लगाएर गरिएको‘गणपति’को सम्पूर्ण छायांकन तनहुँको बन्दिपुर गाउँपालिका थारु बासमा गरिएको छ ।  चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुने । यती बेला चलचित्रको पोस्ट प्रोडक्सनमा काम भइरहेको छ ।  लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्माता रहेको चलचित्रले भगवान् र मानिस बिचको फरकपन देखाउने छ । चलचित्रको नाम धार्मिक  सुनिए पनि यसले कुनै पनि धर्मको विरोध वा प्रचार नगर्ने निर्देशकले बताएका छन् l   मुकुन भुसाल, मेनुका प्रधान, सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायत कलाकारहरूको चलचित्रमा अभिनय रहेको छ ।