कलाकारको रूपमा  स्वदेश सँगै विदेशमामा आफूलाई परिचित गराएकी अभिनेत्री मनीषा कोइराला अब चाडै नै गायिकाको रूपमा देखा पर्ने भएकी छिन l  ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्न लागेकी मनीषाले उक्त भजनमा आफ्नो स्वर दिएकी छिन् l आवाजमा मनीषालाई गायिका सरस्वती खत्री तथा तबलाबादक श्रेष्ठको पनि साथ दिएका छन् l  महाशिवरात्रिको अवसर पारेर उनले सो भजन बजारमा लेराउन लागेकी हुन् l साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ । ‘सुरसुधा’सँगको सहकार्यमा भजनलाई दर्शक माझ लेराउन लागेको मनीषाले सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएकी हुन् l सुरसुधाका तबलाबादक सुरेन्द्र श्रेष्ठले महामृत्युञ्जय मन्त्रलाई आफैँले सङ्गीतबद्ध गरेर तयार गरेका हुन् ।