आउँदो शनिवार आयोजना हुन लागेको ‘दसौँ नेफ्टा फिल्म अवार्ड’को काम यती बेला तीव्रताका साथ भइरहेको छ l प्राविधिक संघको आयोजनामा हुन गइरहेको उक्त अवार्डमा सहभागी हुनका लागि नायिका निरुता सिंह नेपाल आएकी छिन् । चलचित्र ‘दाल भात तरकारी’मा काम गरेपछि यसको प्रचारमा निरुता सहभागी हुन पाएकी थिइनन् । समय छुट्टाएर नेपाल आएकी अभिनेत्री सिंहलाई चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले स्वागत गरेका थिए l ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको अवार्डले यसअघिका ४ वटा संस्करण प्राविधिक संघले विदेशमा आयोजना गरेको थियो । तर कोभिडका कारणले यो वर्ष विदेशमा अवार्ड आयोजना नगरेर नेपालमै आयोजना गर्न लागिएको हो । अवार्ड शोमा बिपना थापा देखी नायक राजेश हमालको पनि सहभागिता रहने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गरेका छन् l अवार्डमा वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरूमध्येबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।