चैत्र २७ गते लाई रिलिज मिति तोकेको चलचित्र "कृष्ण लीला" को फर्स्ट लूक्स सार्वजनिक भएको छ l चलचित्रका मुख्य नायक पुष्पको खड्काको निर्माण टिमले फर्स्ट लूक्स सार्वजनिक गरेको हो l निलो रङको टिसर्टमा चस्मा लगाएका पुष्पको फर्स्ट लूक्समा गेटअप फरक छ । चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । रत्न श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका यसै चलचित्र बाट अभिनेत्री श्रद्धा क्षेत्री डेब्यु कलाकारमा देखा परेकी छिन् l प्रकाशराज कार्की र केवल तामाङ निर्माताको रूपमा छन् भने चलचित्रमा सह–निर्माता प्रितम आचार्य र रोजन श्रेष्ठ हुन् । केही समय अघीनै चलचित्रको २ वटा गीत सार्वजनिक भइसकेको छ l फर्स्टलूक्समा फरक गेटअप मा प्रस्तुत भएका पुष्प र श्रद्धाको केमेस्ट्री कस्तो रहन्छ , त्यो त हामीले चैत्र २७ मा थाहा पाउने नै छौ l