अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको जोडीमा ‘सुनै सुनको तिलहरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रदीप कार्की र गायिका बेनिशा पौडेलको स्वर रहेको गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् l
दीपक शर्माको शब्द रचना तथा लय सिर्जना रहेको गीतको भिडियो सम्पादन विकास दाहालको रहेको छ lहरि हुमागाँइले भिडियो छायांकन गरेका हुन् l मनीषा थापाको कोरियोग्राफी रहेको भिडियोलाई प्रदीप कार्कीको अफिसीयल युट्युब च्यानल बाट रिलिज गरिएको छ l