यहि भद्रा ३० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रचार प्रसार सुरु गरेको छ।शुक्रबार चलचित्रका मुख्य कलाकार  पल शाह ,आँचल शर्मा,निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्ल शुक्रबार चितवन बाट चलचित्रका प्रचार प्रसार गरेका हुन् ।शुक्रबार चितवनमा चलचित्र युनिटले जेन्टलम्यान क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवी बिशेष सम्मान कार्यक्रम गरेको थियो ।समाजसेवी तथा उद्योग वाणिज्य संघका चितवनका अध्यक्ष  राजन गौतम र अर्की समाजसेवी छाया श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान गरेको थियो ।कार्यक्रमा बोल्दै चलचित्रकी नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै  जेन्टलम्यान भएको बताउछिन्।नायक पल शाहले आफुले एउटा राम्रो चलचित्रमा काम गरेको र चलचित्र राम्रो भनेको भन्दै तेह  उपस्थित दर्शकलाई चलचित्र हेर्न अनुरोध गरेका थिए । यस कार्यक्रम अघि चलचित्र  युनिटले चितवनका पत्रकारहरु सग पत्रकार भेटघाट कार्यक्रम समेत गरेको थियो ।पत्रकार भेटघाटमा बिशेष गरेर आफुहरुले करोडौ लगानी गरेर निर्माण गरेको यस चलचित्रलाई सपोट र सहयोग गर्दिनु हुन् पत्रकारहरुलाई अनुरोध गरेका थिए ।नायक पल शाहले आफुले अरु चलचित्रमा जस्तै यसमा पनि धेरै मेहेनेत गरेको र चलचित्र निकै राम्रो बनेको बताउनु भयो । नितिन चन्दको निर्देशन रहेको  ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा  प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।