अभिनेता प्रदीप खड्का र रेणु योगीको मुख्य भूमिका रहने आगामी चलचित्र "प्रकाश" को शुभमुर्हत गरिएको छ l मनकामना मन्दिरमा शुभमुर्हत गरिएको "प्रकाश"लाई निर्देशक दिनेश राउतले निर्देशन गर्दै छन् l चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । यसै चलचित्र बाट अभिनेत्री रेणु योगी डेब्यु कलाकारको रूपमा प्रस्तुत हुँदै छिन l विकास सुवेदीको कथा रहेको चलचित्रलाई विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्णमा गर्न लागिएको हो l महेन्द्र अधिकारीको लगानी रहने "प्रकाश" मा प्रदीप र रेणुको अलावा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी, हुम बिसी लगायत कलाकारहरूको अभिनय रहेको छ l शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने यस चलचित्रमा प्रदीप फरक अवतारमा देखिँदै छन् l राजेश श्रेष्ठको छायाङ्कन रहेको चलचित्रलाई जीवन थापाले सम्पादन गर्ने छन् ।