कोरोना महामारीको कारण ठप्प भएको चलचित्र नगरीमा पछिल्लो समय चहलपहल सुरु हुन थालेको छ । केही चलचित्रहरु हलमा रिलिज भएका छन् भने चलचित्र छायाँकन र घोषणा पनि धमाधम हुन थालेको छ । यसैबिच सनिबार काठमाडौँमा दशौँ नेफ्टा फिल्म अवार्ड सम्पन्न भएको छ ।
काठमाडौँको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा आयोजना भएको अवार्डमा कलाकारको बाक्लो उपस्थिती रहेको थियो । अवार्ड कलाकारको लागी कुनै चाँडपर्व भन्दा कम हुदैन । अवार्डकै लागी भनेर अभिनेत्री निरुता सिंह र बिपिना थापा भारतबाट नेपाल आइपुगेकी थिइन् । हेर्नुस् दशौँ नेप्टा अवार्डमा को को उपस्थित रहेका थिए कलाकार :