दशौँ नेफ्टा फिल्म अवार्ड मा चलचित्र छक्का पन्जा ३ ले वर्चस्व कायम गरेको छ l ३६ विधामा पुरस्कार वितरण गरिएको "नेफ्टा अवार्डमा" २०७५ सालमा प्रदर्शनमा आएका चलचित्रलाई सम्मानित गरीको थियो l २०७५ सालको लोकप्रिय चलचित्र अवार्डबाट चलचित्र सम्मानित भएको हो। भने यसै चलचित्र बाट दीपक राज गिरीले सर्वोत्कृष्ट पटकथा अवार्ड ,दीपाश्री निरौला सर्वोत्कृष्ट निर्देशक र केदार घिमिरे माग्ने "बुढा"ले हास्य कलाकार अवार्ड हात पारेका थिए l सोही सालमा प्रदर्शनमा आएको चलचित्र "प्रसाद" ले वर्चस्व कायम गर्नुका साथै अभिनेता विपिन कार्कीले सर्वोत्कृष्ट अभिनेता उपाधि जितेका छन् l सुशील पौडेलले उत्कृष्ट संवादको अवार्ड जिते। प्रसादकै ‘जाउँ माया सरर’बोलका गीतका लागि गायक केतन क्षेत्री, संगीतकार सुभाष भुसाल, एरेन्जर उदयराज पौडेल र रचनाकार गणेशप्रसाद शाह अब्बल ठहरिए। अभिनेत्रीमा भने मेनुका प्रधानको नाम अगाडी आएको थियो सर्वोत्कृष्टमा l शनिवार आयोजना गरिएको नेफ्टा अवार्डमा लोकप्रिय अभिनेतामा अनमोल केसी र अभिनेत्रीमा साम्राज्ञी राज्यलक्ष्मी शाह अवार्ड बाट सम्मानित भए l यसै गरी चलचित्र "ए मेरो हजुर" बाट डेब्यु अभिनेत्रीमा सुहाना थापा र "इन्टु मिन्टु लन्डन" बाट अभिनेता धिरज मगरलाई सर्वश्रेष्ठ डेब्यू अभिनेताको अवार्डबाट सम्मानित गरियो। अवार्डमा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई जनही ५१ हजार नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरूलाई ताम्रापत्र र चेक प्रदान गरेका थिए l
नेफ्टा अवार्डमा विभिन्न ३६ विधामा अवार्ड प्राप्त गर्ने चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः
मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)
कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)
कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)
ब्याक ग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)
ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)
गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ३
कथा : छक्का पञ्जा ३
पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद : सुशिल पौडेल (प्रसाद)
ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स : रोमियो एन्ड मुना
रङ संयोजन : अर्जुन कार्की (हरी)
आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)
सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)
अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)
द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)
डेब्यु अभिनेत्री : सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता : धिरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)
सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार : चिन्तनराज भण्डारी (हरी)
पपुलर अभिनेत्री : साम्राज्ञी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म : हरि
अभिनेता : विपिन कार्की (प्रसाद)
अभिनेत्री : मेनुका प्रधान (साइँली)
निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म : छक्का पञ्जा ३