राजपरिवारका सदस्य र आफन्तले मात्र हेर्न पाउने गरी खुलिएको नारायणहिटी हल अब सर्वसाधारणको लागी पनि खुल्ने भएको छ l वैशाख बाट सञ्चालनमा आउन लागेको उक्त हल २० वर्ष देखी बन्द रहेको थियो l ११६ अकुपेन्सी क्षमता भएको हलमा २ वटा प्रोजेक्टर राखिएको छ l हाल चलचित्र विकास संस्थानको अगुवाइमा हल र पुराना रिलहरूको तीव्रता साथ सरसफाइ लगायत अन्य कामहरू चली रहेको छ l राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले चलचित्रको मनोरञ्जन लीन पाउने छन् ।