अभिनेत्री केकी अधिकारी नयाँ लूक्समा देखिएकी छिन् l सामाजिक सञ्जालमा कपाल खौरेको तस्बिर केकीले सार्वजनिक गरेकी छिन् l यती बेला  चलचित्र "बोक्सीको घर"को छायाङ्कन मा ब्यस्त रहेकी केकीको बुजिए अनुसार उनी सोही चलचित्रको लागी कपाल खौरेको अडकल काट्न सकिन्छ l वि.सं २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’लाई केकीले चलचित्रमा उतारेकी हुन्l  यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका थिए भने उक्त नाटकमा सरिता गिरीले एकल अभिनय गरेकी थिइन् ।सुलक्षण भारतीको लेखनमा निर्माण हुन लागेको ‘बोक्सीको घर’ नामक चलचित्रलाई सुव्रतराज आचार्य र सुलक्षणले संयुक्त रूपमा निर्देशन गरेका छन् l केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा नायक गौरव पहारी र नायिका केकी अधिकारीको मुख्य भूमिका रहनेछ ।