जन्मदिनको अवसर पारेर गायक रवि ओडले नयाँ गीत सार्वजनिक गरेका छन् l गीतको बोल रहेको छ "टुटी सक्यो मुटु" l गायक ओडकै शब्द रचना रहेको गीतमा संगित भर्ने काम भीम बिसीले गरेका छन् l गीतमा एरेन्ज/ मिक्सिङ मास्टरिङ् गोपाल रसाइलीको रहेको छ l
दशरथ सुनुवारको निर्देशन रहेको गीतको भिडियोमा प्रिन्स विश्वकर्मा र अञ्जना बराइली फिचर्ड छन् l राम कुमार केसीको छायाङ्कन रहेको भिडियोलाई टेकेण्द्र शाहले सम्पादन गरेका हुन् l भिडियोलाई रवि ओडकै आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l