एक समयकी चर्चित अभिनेत्री हुन बिपना थापा l कुनै समय बिपनाको फिल्म भने पछि सिनेमा हलमा दर्शकको घुइँचो नै लाग्थ्यो l दर्शकहरू बिपनाको नाममा नै चलचित्र हेर्न हलसम्म पुग्थे । उक्त समय बिपनाको बजारमा क्रेज रहँदा रहँदै पनि उनी चलचित्र क्षेत्र बाट टाढिएर भारत भासिएकी थिइन l भारत भासिनुको मुख्य कारण थियो विवाह l बिहे गरेर भारतमा परिवारसँग बस्दै आएकी बिपना शनिवार आयोजना भएको ‘दसौँ नेफ्टा फिल्म अवार्ड’मा उपस्थित भइन् । उक्त अवार्ड यती बेला समापन भने भइसकेको छ l पुराना कलाकार देखी नयाँ कलाकार सम्मको उपस्थिति रहेको उक्त अवार्डमा बिपना सहभागी हुँदा निकै नै उत्साहित थिइन l १४ वर्षपछि आफूलाई चलचित्र क्षेत्रले सम्झिएको भन्दै अवार्ड समारोहमै उनको आँखा रसाएको थियो l अवार्ड उपस्थितिमा १४ वर्षसम्म मलाई कसैले पनि याद गरेन । कुनै बेलामा १११ वटा चलचित्रमा अभिनय गरेर दर्शकको माया पाएकी थिएँ । तर, आज मलाई चलचित्र क्षेत्रले सम्झँदा निकै नै खुसी लागेको छ ।’ यसो भन्दै गर्दा बिपनाका आँखा रसाए । बिपनाले आँखा भरी आँसु पार्दै भनिन्–‘सायद, म नेपालमा नभएर पनि होला मलाई याद गरिएनन् । तर, मेरा प्राविधिकहरूले मलाई सम्झिएका छन् । आज आफ्नै घरमा आएको महसुस भएको छ ।’ भन्दै आफ्नो भावना बिपनाले व्यक्त गरेकी थिइन l