अभिनेत्री वर्षा राउत र अभिनेता प्रवीण खतिवडाको अभिनयमा छोटो चलचित्र "सावधान" रिलिज गरिएको छ l बाल यौन दुर्व्यवहारको घटना र त्यस बाट बच्चाहरूमा पर्ने मानिसिक तनावलाई मध्य नजर राख्दै निर्माण गरिएको चलचित्रको कथा तथा निर्देशन दीपेन्द्र लामाको रहेको छ l चलचित्र लगभग १० मिनेट लामो रहेको छ l   यौन दुर्व्यवहार हुँदा पनि आफ्नै आमाबुबाले नसुन्ने प्रसंग पनि चलचित्रमा हेर्न सकिन्छ ।चलचित्रमा वर्षा आमा र प्रवीण बुवाको भूमिकामा प्रस्तुत भएका छन् l भने छोरीको भूमिका काव्या अधिकारीले निभाएकी छिन् l वर्षा , प्रवीण र काव्याको अलावा चलचित्रमा आर्जेश रेग्मी, अनिता बस्नेत, भूपेन्द्रसिंह धामीको पनि अभिनय हेर्न सकिनछ ।

जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले लगानीकर्ताको रूपमा चलचित्रमा रहेका छन् l ओ. एस्. आर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको चलचित्रको दृश्य शैलेन्द्र डी कार्कीले खिचेका हुन् l