अभिनेता प्रमोद अग्रहरी आगामी चलचित्र "ए" को लागी कडा मिहिनेत गरी रहेका छन् l प्राय फरक क्यारेक्टर गर्न रुचाउने अग्रहरी यस चलचित्रमा फरक अवतारमा प्रस्तुत हुन खोजी रहेका छन् l यो चलचित्रका लागि उनले बनाएको गेटअपले धेरैको ध्यान आकर्षित गरेको छ । लामो दारी ,नाकमा कुण्डल लगाएर केही दीन अगाडी दशौँ नेफ्टा अवार्डमा अग्रहरी सहभागी भएका थिए l अवार्डमा सहभागी रहेका अन्यको आँखा पनि प्रमोदको गेटअपमै गइरहेको थियो l अवार्ड समारोहमा प्रमोदले चलचित्र ‘कथा काठमान्डु’बाट ‘उत्कृष्ट खलपात्र’को अवार्ड पनि जिते ।