चलचित्र "ए साथी सुन" आज बाट फ्लोरमा उत्रिएको छ l चलचित्रको छायाङ्कन हेटौँडा बाट सुरु गरिएको हो l चलचित्रकी मुख्य अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र छायांकनमा गाएको सामाजिक सन्जाल मार्फत जानकारी गराएकी हुन l राम राघव आचार्यको निर्देशन रहेको चलचित्रको केही समय अघि  ‘कालिपुरुष’ नाम परिवर्तन गरी ए साथी सुन राखिएको हो l चलचित्रमा वर्षाले रमेश बानियासँग रोमान्स गर्दै छिन् । सस्पेन्स थ्रिलर कथामा  निर्माण हुने चलचित्रमा विना कार्कीको लगानी रहेको छ l चलचित्र ‘सुदूर’ छाडेकी वर्षा ले ‘ए साथी सुन’को कथावस्तु मनपरेपछि यस टिम जोडिएकी थिइन l