चलचित्र "बाबरी" मा अभिनेता धिरज मगरको एन्ट्री भएको छ l केही समय अघि गायक नितेश जङ कुँवरलाई चलचित्रमा फाइनल गरिएको थियो l तर, नितेशले पारिवारिक कारणले गर्दा यो चलचित्रमा काम गर्न नपाउने भए पस्चात अभिनेता धिरज मगरलाई चलचित्रको मुख्य भूमिकामा लक गरिएको हो l नितेशले निर्माणपक्षसँगको सहमतिमै चलचित्र छाडेपछि अब यसमा पछिल्लो समयका हटकेक नायक धिरज मगरलाई प्रवेश गराइएको हो । अब, अभिनेत्री अदिति बुढाथोकी सँग धिरजले चलचित्रमा स्क्रिन सेयर गर्ने छन् l बाबरी फिल्मस्को ब्यानरमा निर्माण रहने लागेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै छन् । यसअघि चलचित्र ‘आभास र कृ’ निर्देशन गरिसकेका सुरेन्द्रको दोश्रो पटक अदिति सँग सहकार्य हुन लागेको हो l चलचित्र ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितिको यो दोश्रो चलचित्र हो । उनकै होम प्रोडक्शनमा बन्न लागेको यो चलचित्रलाई प्रेमको कथामा निर्माण गर्न लाग्नुका साथै चलचित्रको छायांकन स्थल नेपाल र सिक्किमलाई तोकिएको छ l हाल धिरज ‘आई एम ट्वान्टी वान’को बाँकी केही दृश्यको छायाङ्कनका लागि धरान पुगेका छन् । चलचित्र ‘बाबरी’को छायांकन चैत्रको २० गतेबाट सुरु फ्लोरमा जाने बताइएको छ l