चलचित्र ‘सम्हालिन्छ कहिले मन’को इन्डक्ल्याप गरिएको छ । भाद्र १८ लाई रिलिज मिति तय गर्दै चलचित्रको इन्डक्ल्याप दुबईमा गरिएको हो l २ वर्ष अगाडी बाट नै छायाङ्कनमा उत्रिएको यस चलचित्रको केही दृश्य र गीतको छायांकन गरिँदै चलचित्रको सुट समापन गरिएको हो l निर्देशक सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा अभिनेत्री पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन मुख्य भूमिकामा रहेका छन् l अमित बस्नेतको लगानीमा यो चलचित्र बनेको छ l परी राना र अजित कुमार थापा सह–निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता सनिष खकुरेल हुन् । चलचित्रको कथा महेश दवाडीको रहेको छ l सौरभ लामाको छायांकन रहेको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा आकाश र सोनमको अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यको मुख्य भूमिका रहेको छ ।