भोमन कटुवालको निर्देशन रहने चलचित्र "ए" को छायांकन सुरु भएको छ । मंगलवार चलचित्रको शुभमुर्हत गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो l निर्देशक भोमन कटुवाल र आकाश उखेडाको पटकथा तथा संवाद रहेको चलचित्रको छायांकन काठमान्डौं, बनेपा र साँगामा हुने छ l अभिनेता प्रमोद अग्रहरी, प्रवीण खतिवडा, सोहित मानन्धर, छोल्टिम गुरुङ, रिस्ता बस्नेत लगायत कलाकारहरूको अभिनय रहेको "ए" सस्पेन्स् थ्रिलरमा निर्माण हुने छ l चलचित्रको छायााकंन मोहनकुमार झिल्लुको, सम्पादन अनिलकुमार महर्जनको रहने यस चलचित्रमा लगानी प्रह्लाद काफ्लेको लगानी रहेको छ ।