चलचित्र ‘धुम २’ को दोस्रो गीत रिलिज गरिएको छ । नवनायिका सिर्जना भट्टराईको एक इशाराले कलाकार जय किशन बस्नेतको दिल बिचरा भएको कहानी गीतमा प्रस्तुत गरिएको छ । 
भाद्र ८ रिलिज चलचित्र ‘धुम २’ को उधुम मच्चााउने यस गीतमा स्वर टंक बुढाथोकी र संगीता तिमल्सिनाको रहेको छ । डान्सिङ नम्वरमा जय र सिर्जनाले एकसाथ कम्मर मर्काएका छन् । टंककै संगीत समावेश गीतका रचनाकार दिनेश सुवेदी हुन् ।

 


जय आफैले यस गीतको कोरियोग्राफी गरेका हुन् । उनी स्वयमको लेखन, निर्देशन तथा निर्माण रहेको यस चलचित्रमा कमेडी, एक्सन, रोमानस र सेन्टिमेन्ट सबै पक्ष समावेश गरिएको छ । लामो समय कलाकारितामा व्यतित गरेका जय भर्सटायल व्यक्तित्वको रुपमा चिनिन्छन् । नेपाली नारीहरुको महान पर्व तीजलाई लक्षित गरी प्रदर्शनमा आउन लागेको यस फिल्ममा जय किशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, संजोग कोइराला, महिमा सिलवाल, शोभित बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् । 
चलचित्रमा एन।वि महर्जनको द्धन्द्ध, जिवन श्रेष्ठको छायांकन तथा तारा थापा किम्भेको सम्पादन रहेको छ ।