ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो "लालुमै" रिलिज भएको छ l मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् l स्वदेशमै घर ,संसार र सम्भावना हुँदाहुँदै ,ठुला सपनाहरू बोकेर बिदेसिने युवाहरूको घर परिवार र देश प्रतीको प्रेम कथा हो "लालुमै" l जस्लाइ शब्द संगीत र नाटकको सम्योजनमा गीतको भिडियोमा प्रस्तुत गरिएको छ l गीतको संगीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् l
सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल , घनश्याम जोशी ,मौसम खड्का ,राज न्यौपाने , उत्तम राज पाण्डे, शक्ति राई , उमेश तामाङ , रञ्जना ओली र सुरज तमुको अभिनय रहेको छ l नवीन बाबु गुरुङ र सुशील तामाङको संयुक्तमा खिचिएको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका छन् l