हरर चलचित्र "भूतको घर" निर्माण भएको छ l अभिनेता तथा निर्देशक अर्पण थापाले चलचित्र निर्माण गरेका हुन l लक्डाउनको समयमै छायाङकन भएको यस चलचित्रमा मुख्य भूमिकामा अर्पण र सिर्जना रेग्मी रहेका छन l आलोक सुक्लाको छायांकन रहेको चलचित्रमा हरि तामाङ निर्माताको रुपमा रहेका छन् l चलचित्रको वितरणको जिम्मा 'जिजिए ग्रुप'ले लिएको छ l यस अघि अर्पणले चलचित्र सुनकेशरी र घर निर्माण गरेका थिए l 'सुनकेशरी' असफल भएको थियो भने 'घर'ले औसत व्यापार गरेको थियो । चलचित्रको रिलिज मिति भने तय गरिएको छैन l अर्पण थापा अभिनीत चलचित्र "लप्पन छपन २" रिलिजको तयारीमा रहेको छ l