चलचित्र पत्रकार संघले नेपालको २१ औँ साधारण सभामा ‘कल्याणकारी कोष’को सुरुवात गर्ने घोषणा गरेको छ l पत्रकारहरूको लागी कल्यानकारी कोष स्थापना गर्ने तयारी गर्दै ज्येष्ठ ७ गते औपचारिक घोषणा गरीने भएको हो l चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले पत्रकारहरूको हकहितका लागि संस्था सधैँ नै लाग्ने र संघले ६० वर्ष माथिका चलचित्र पत्रकारहरूलाई ६ हजार मासिक भत्ता दिने समेत बताएका थिए l सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङको साधारण सभाको उद्घाटन गरेका थिए lकार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतको उपस्थिति थियो ।  संघले जेठ ७ गतेसम्म कल्याणकारी कोषमा १० देखि २० लाख रुपैयाँ जम्मा गर्ने योजना लिएको छ । भने चलचित्र पत्रकार महासंघका महासचिव समीर बलामीले संघले गरेका कामको विवरण सार्वजनिक गर्दै दीर्घकालीन योजना समेत सुनाएका थिए ।