नायिका आँचल शर्माको आज जन्मदिन परेको छ  । २५ पार गरी २६ मा टेकेकी आँचलले चलचित्र "नाइँ नभन्नु ल ४" बाट डेब्यु अभिनेत्रीको रूपमा परिचित भएकी हुन l आँचलले आफ्नो परिवारसँग जन्मदिन मनाएको केही झलक इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन् ।  सामाजिक सञ्जालमा आँचललाई धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन् भने श्रीमान् डा. उदिप श्रेष्ठले मध्यरातमानै केक काटिदिएका थिए l आँचलले जोनी जेन्टलम्यान, शत्रुगते लगायत चलचित्र र सयौँ म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । यस्तै केही समय अघि "झिंगेदाऊ" को सुट सकाएर बसेकी आँचलको उक्त चलचित्र प्रदर्शनको क्रममा रहेको छ l ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशन रहेको ‘झिंगे दाउ’ मा  मुकुन भुषाल, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्र सामाजिक कथामा बनेको छ l