चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रवार यानिकि भोलि बाट प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनमा हरेक शुक्रवार र शनिवार कार्यक्रम प्रसारण हुने छ l सो लाई निर्देशक लक्ष्मण पौडेल निर्देशन गरेका छन् l  १६ वर्ष उमेर पुगेका युवायुवतीदेखि ४५ वर्षसम्मका प्रतिभाहरूले यो पटक रियालिटी शोमा भाग लिएका छन् ।  नेपाली नागरिक मात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी रहेको यस रियालिटी शोमा डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरूले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् ।  यस पटक भ्वाइसको टिमले कोच परिवर्तन गरेको छ । आस्था राउतको ठाउँमा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् ।