रियासा दाहाल र नाजिर हुसेन फिचर्ड म्युजिक भिडियो "माया हो" रिलिज भएको छ l जनक ताम्राकार र अस्मिता अधिकारीको आवाज रहेको गीतको शब्द रचना र लय सिर्जना महेश ताम्राकारले गरेका छन् l
गीतमा एरेन्ज/ मिक्सिङ मास्टरिङ् उदय राज पौडेल र जोशुआ भोलानको रहेको छ l भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् l सम्पादन र कलरिङ् विकास धमलाको रहेको छ l भिडियोलाई जी टु वान आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l