नेपाल आइडल सिजन् वान टप फाइभ कन्टेस्टेन्ट सुजता पाण्डेको आवाजमा गीत "सुस्तरी" सार्वजनिक गरिएको छ l गायिका पाण्डेकै शब्द र लय सिर्जना गीतमा समावेश गरिएको छ l अस्ट्रेलियामा छायाङ्कन गरिएको भिडियोमा अस्ट्रेलियाकै चर्चित मोडेल भिक्टोरिया म्यानटिनले अभिनय गरेकी छिन् l अनिल गिरीको निर्देशन भिडियोमा रहेको छ l अस्ट्रेलियामा बसेर फिल्म मेकिङ्ग  अध्ययन गरिरहेका नेपाली अनिल गिरीले अंग्रेजी सर्ट फिल्म र टिभी शोहरुको समेत निर्देशन गरी सकेका छन् l